२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) ९९८ पाठक संख्या

परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपलिकामा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पाल्हिनन्दन गाउँपालिका-१ बड्की सुनरीस्थित सडकमा लु.३ त ५९२८ नम्बरको ट्याक्टरले युपि ५६ एडि ७५४६ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिंदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ रमपुरवा बस्ने २७ वर्षीय अनिल यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस