२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा १२९ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) ९५६ पाठक संख्या

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा १२९ जनामा नोभेल कोरोना भाइरस देखिएको छ ।

३०० जनामा गरिएको पिसिआर परीक्षणमा १२९ जनामा कोरोना संक्रमण देखिको हो । निको हुनेको संख्या भने ६७ पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा गैडाकोटका ४८ जना, देवचुलीका ९, कावासोतीका २८ जना, मध्यविन्दुका ८ जना , विनयी त्रिवेणिका १९ जना, हुप्सेकोट गाउँपालिकामा ३ जना, बौदिकाली गाउँपालिकामा ५ जना र अन्य १ जना गरि १ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल नवलपुरमा सक्रिय संक्रमितको संख्या १०६० रहेको छ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएकोछ ।  मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. ८ की ८४ बर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६५ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%१%

प्रतिक्रिया दिनुहोस