२०८२ बैशाख ८, सोमबार
नयाँ
पछिला अपडेट

जिल्ला प्रशासन नवलपुरको अनुगमन टोलीले सुचिकृत नभएका धानको बीउ नष्ट गर्‍यो

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) ३२४९ पाठक संख्या

कावासोती । नवलपुरका बिभिन्न एग्रोभेटबाट नियन्त्रणमा लिइएका सूचिकृत  नभएका धानको बीउ नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा अनुगमन टोलीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको सूचिकृत नभएका धानको बीउ नष्ट गरेको हो।

जिल्लाको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनय त्रिवेणी भित्रका एग्रोभेटबाट नियन्त्रणमा लिइएका बिभिन्न जातका  ७ सय २२ केजी धानको बीउ नष्ट गरिएको हो।

बीउलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ। गत बर्षहरुमा सुचिकृत बीउ प्रयोग नगर्दा किसानले क्षती बेहोर्नुपरेकाले यस्तो क्षती रोक्न अनुगमन गरि सुचिकृत नभएका बीउ नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला हो।

गत वर्षहरुमा बिभिन्न जातका धानमा बाल नलाग्ने समस्या देखीएको थियो। यसले गर्दा किसानले क्षती बेहोर्नु परेको थियो ।

यसैलाई मध्यनजर गरि प्रशासनले अहिले पूर्व सर्तकता अपनाउ अनुगमन र सूचिकृत नभएका धानका बीउ जफत गरि नष्ट गरेको हो।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा लगाएतको टोलीको सहभागितामा धानको बीउ नष्ट गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%८%३%२%३%

प्रतिक्रिया दिनुहोस