बिबेक भण्डारी
कावासोती , जेठ ११ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापडण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ ।
उद्योगले उद्योग भित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका कामदारहरु समुदायमै बस्न थालेका छन । देवचुली नगरपालिका वडा नम्बर दुइका एक स्थानिय महिला उद्योगमा कार्य गर्दे गरेको अवस्थामा स्वास्थ्य अवस्था बिग्रिदा घरमै बसेको र अहिले कोभिड संक्रमण पुष्टी भइ घरमै आराम गर्दे आएका छन ।
वडा अध्यक्ष माधव केसिका अनुसार उद्योग अनुगमन गर्न आउनेलाई आइसोलेसन तयार रहेको बताए पनि उद्योगमा काम गर्ने कामदारलाई संक्रमणको लक्षण देखिन साथ घरमा पठाईदिने गरेको बताउनुभयो ।
“पहिले जिल्ला प्रशासन कार्यलयले अनुगमन गरेको र पछि आफुहरुले अनुगमन गर्दा यदि कामदार संक्रमित भएको अवस्थामा उद्योगले नै आइसोलेसन तयार पारेको बताएका हुन तर अहिले संक्रमितलाई घरै पठाएका छन” वडा अध्यक्ष केसिले बताए ।
यस्तै नेपाली काग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यौपानेले मजदुरलाई सक्दा सम्म काममा लगाउने नसक्दा संक्रमणको लक्षण देखिँदा भने घरै पठाउने गरेको र यसले समुदायमा संक्रमणको जोखिम उच्च बनाएको बताए ।
नेकपा एमाले वडा सभापति बद्रि कोईरालाले उद्योगले स्वास्थ्य मापडण्ड नअपनाएको बताउनुभयो । यता उद्योगले प्रशासन कार्यलयबाट प्रमुख िजल्ला अधिकारी आउदा समेत उद्योगमा आइसोलेसन देखि सबै स्वास्थ्य मापडण्ड अपनाएको बताएको छ ।
तर उद्योगमा काम गर्दा गर्दै संक्रमित भएकाहरु भने घरमै बसेका छन । अहिले उक्त उद्योगमा कार्यरत प्रत्यक्ष देखिएका चार जनामा कोरोना पुष्टि भएको छ ।