जेष्ठ १४ काठमाडौ । भेरी अञ्चल अस्पतालमा बिहीवार राती भएको घटनालाई लिएर उक्त घटना को छानबिन गर्न समिति गठन गरिएको छ ।
बाकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको बाके जिल्लाका प्रमुख जिल्ला अधिकारि शिवराम गेलाल ले जानकारी दिनु भएको छ ।
समितिले शुक्रबार बाटै काम थाल्ने र तीन भित्र मा घटना बारे सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने बताइएको छ ।
उक्त समितिमा अस्पताल प्रशासन , जिल्ला सरकारी वकिलको कार्यालय , चिकित्सक संघ र नर्सिङ संघका प्रतिनिधि रहेका छन ।