नवलपुर । नवलपुरमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७३ बर्षिय पुरुषको आज चितवन मेडिकल कलेजबाट घर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई जेठ ११ गते अस्पताल लागी गरिएको परिक्षणमा स्वाबको नतिजा पोजेटिभ आएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा यो संगै गरेर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुप्सेकोटका एक जना र गैँडाकोटका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो। जिल्लाभरी बैशाख यतामात्रै ४७ जनाको मृत्यु भइसकेको छ ।