कावासोती । नवलपुरमा आज एकैदिन १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा थप १ सय २ जना नयाँ सक्रमित थपिएका छन् । कुल १ सय ३५ जनाको परिक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका २३, देवचुलीका १६, कावासोतीका २१, मध्यबिन्दुका ५, विनयी त्रिबेणीका ७, हुप्सेकोटका १, बुलिङटारका २८ र अन्य जिल्लाका १ जना गरि १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा ११९ जना संक्रमण मुक्त भएका छ्न भने २ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९०५ पुगेको छ ।