कावासोती । नवलपुरमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७८ जना कोरोना मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बिनयी त्रिवेणी गाउँपालिकामा १४ जना र मध्यबिन्दु नगरपालिकामा १० जना गरी जम्मा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामै २२ जना कोरोना मुक्त भएका छन् ।
अब जिल्लामा सक्रिए संक्रमितको संख्या ८ सय ७८ रहेको छ । यस्तै हालसम्म जिल्लामा ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने वैशाख यता मात्रै पनि ५७ जनाको ज्यान गइसकेको छ ।