नवलपुर । नवलपुरमा मंगलवार देखि सबै बैंकहरु साताको ६ दिननै खुल्ने भएको छ ।
जेठ ३१ गते सोमबार राति १२ बजेसकिने निषेधाज्ञा भने थप गरिने भएको हो ।
नवलपुरको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार कोरोनाका कहर नवलपुरमा अझै जारी रहेकोले निषेधाज्ञा भने थप गरिने बताउनुभयो ।
बैंक तथा वित्तिय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको सेवाग्राहीले समेत गुनासो आएका कारण बैंक हप्तामा ६ दिननै खुल्ने पंगेनीले जानकारी दिनुभयो ।
दैनिक २ बजेसम्म नियमित सञ्चालन गर्ने गरी निर्देशन गर्ने तयारी भएको छ ।