कावासोती । नवलपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १ निवासी ६२ बर्षीय पुरुषको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो ।
उनलाई निमोनियाको बिरामी भई जेष्ठ २८ गते मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना भएका थिए ।
उनको जिल्ला अस्पताल भर्ना भएकै दिन पिसिआर परिक्षण गर्दा उक्त दिननै कोरोना पोजेटिभ देखिएको थियो ।
उनको असार ६ गते थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा भरतपुरमानै गएराती उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।