२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

गैँडाकोट नगरपालिकाद्धारा १३ हजार फलफुलका विरुवा वितरण

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) १७८८ पाठक संख्या

सुस्मा न्यौपाने
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकाले यसवर्ष १३ हजार फलफुलका विरुवा वितरण गरेको छ । यसआर्थिक वर्षमा आँप, लिच्ची र कागतीका विरुवाहरु वितरण गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले जानकारी दिनुभयो ।

९ हजार थान सुन कागती, २५ सय थान अम्रपाली  प्रजातिकाे आँप   र २५ सय थान  शाही प्रजातिकाे लिची नगरपालिकाले वितरण गरेको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार फलफुल वितरण गरिएको शर्माले बताउनु भयो ।

नगरपालिकामा दर्ता भएका विभिन्न कृषक समूहहरुलाई सहुलियत दरमा फलफुलका विरुवा उपलव्ध गराइएको हो । नगरको वडा नं. ३ स्थित गडम्दीमा कागतीको पकेट क्षेत्र निर्माणका लागि ५ हजार थान कागतीका विरुवा उपलव्ध गराइएको छ ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्थानीयहरुको आयआर्जन बढाउन र नगरवासीलाई स्वस्थ्य राख्न समेत फलफुलका विरुवा वितरण गरिएको बताउनुभयो ।

नगरपालिका मार्फत प्राप्त भएका विरुवाहरुको उचित संरक्षण गरि उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस