कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा श्रावण ४ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो चौमासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।
सिटिजन्स बैङ्कको कार्यालय चौराहाबाट श्रावण ४ देखि श्रावण १९ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।
श्रावण ४,५ र ६ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई बितरण गरिने छ । त्यस्तै श्रावण ७, ८ र १० गते वडा नम्बर ४ , श्रावण १२, १३ र १४ गते वडा नम्बर २ र श्रावण १७, १८ र १९ गते वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
त्यस्तै बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ । हेर्नुहोस् सूचना