२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

२०७८ श्रावण ३, आईतबार प्रकाशित ( साल अघि) ३३३७ पाठक संख्या

चितवनचितवनको खैरहनी नगरपालिका-८ पर्सा चोकमा ना.८ ख ३०२४ नम्बरको ट्याङकरले ना.४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका-१० बस्ने २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीया सुवास चौधरीको सोही अस्पतालमा उपचार भइरेहको छ ।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१४%

प्रतिक्रिया दिनुहोस