कोल्हुवा । मध्यबिदु नगरपालिका जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउन सुरु गरिने भएको छ ।
कोरोना भाइरसबिरुद्ध लगाइने जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालबाट बिदेश जाने नेपालीलाई दिइँदै छ ।
मध्यबिन्दु नगरपालिकामा रहेको प्रत्येक स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोप लिने ब्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।
नवलपुर स्वास्थ्य चौकी कोल्हुवाले कोरोना भाइरस बिरुद्ध लगाईने अमेरिकन खोप “जोन्सन“ खोप आज साउन ८ र ९ गते लगाईने भनेर सुचना मार्फत जानकारी दिईएको छ ।
सूचनामा बिहान १०:३० बजे देखि दिउँसो ३ बजे सम्म कोल्हुवा स्थित नवलपुर हेल्थ पोस्टबाट खोप लगाउन सकिने पनि उल्लेख गरिएको छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।
हेर्नुस् सुचना !!!!