२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा बेवारिसे अवस्थामा ग्रिनेट बम फेला

२०७८ श्रावण ९, शनिबार प्रकाशित ( साल अघि) २४९६ पाठक संख्या

कावासोती । नवलपुरमा बेवारिसे अवस्थामा एक वटा प्लाष्टिक हेण्ड ग्रिनेट बम फेला परेको छ । कावासोती नगरपालिका वडा नं : १४ डन्जेर खोला नजिकै शनिबार बम फेला परेको हो ।

कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाध लगाउन सेउला काट्ने क्रममा झाँडी भित्र उक्त बम फेला परेको थियो । ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । कृषकले बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खबर गरेका थिए ।

गिरीका अनुसार के कतीको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन । उक्त बम डिस्पोज गराउन नेपाली सेनालाई खबर गरिएको डिएसपी गिरिले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%७%१%२%१%

प्रतिक्रिया दिनुहोस