२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विभिन्न पार्टी परित्याग गरि १ सय ५४ जना कांग्रेस प्रवेश

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) १२५५ पाठक संख्या

कावासोती ।  गैँडाकोटमा शनिबार १ सय ५४ जना नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् ।  गैँडाकोट(१२ ढोलबाजामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५४ जना नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस नगर वडा कार्यसमिति वडा नं १२ र १३ को संयुक्त आयोजनामा भएको कार्यक्रममा पार्टी प्रवेश गर्नेलाई अबिर माला सहित नेपाल तरूणदल केन्द्रिय विभाग सदस्य अमृत भट्चनले स्वागत गर्नुभएको थियो  ।

नेपाल तरूण दल केन्द्रिय विभाग सदस्य अमृत भट्चन प्रमुख अतिथिको रुपममा रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य वडा नं १३ का नेपाली काँग्रेस वार्ड अध्यक्ष विश्वनाथ शर्माले गर्नु भएको थियो ।

नवप्रवेसीको तर्फबाट दिपक विश्वकर्मा, युवाहरुको तर्फबाट सौगात सापकोटा क्षेत्री, दलित संघ जिल्ला अध्यक्ष प्रकाश विक लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहजिकरण १३ नं वार्ड सचिव बुद्धि प्रसाद न्युरेले गर्नु भएको कार्यक्रम वडा नं १२ का नगर वडा कार्यसमिती अध्यक्ष क्याप्टेन विर बहादुर शाही र १३ का विश्वनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको विचलन, टुट,फुट र विभाजनबाट असन्तुष्टी जनाउँदै नेपाली कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%२%

प्रतिक्रिया दिनुहोस