२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

यसरी भए ‘म’ समुदाय स्तरको पहिलो कोरना संक्रमित

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) ९८६ पाठक संख्या

सागर पोख्रेल

कावासोती । २०७६ सालको मङ्सिर महिनादेखि शुरु भएको कोरोना भाइरसले विश्वभरि नै विस्तारै आफ्नो कब्जाजमाउन थाल्यो । बिस्तारै विश्वभर कोरोना महामारीको हल्ला चलिरहेको थियो । विश्वमा देखिएकोकोरोनाका भयले तत्कालिन नेपाल सरकारले एस।ई ई दिने विद्यार्थीको परीक्षा समेत स्थगन गरि चैत्र ६ गतेदेखि निषेध्याज्ञा शुरु गर्योथ । सबै मानिसलाई घरभित्रै बस्न अनुरोध समेत गर्योर । सरकारलेअनुरोध त गर्योर तर स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी भने आफ्नो कर्तव्यबाट विमुख हुन् पनि पाएनन् र तिनका मनले समेत जिम्मेवारीबाट भाग्न पनि चाहेनन ।

नेपालमा दिन प्रतिदिन कोरोनाको कहर बढ्दै थियो आफुले पाएको जानकारी अनुसार स्वास्थ्य सुरक्षाअपनाउदै म पनि आफ्नो जिम्मेवारी बहन गर्दै थिए । आम नागरिकलाई संचार मार्फत सुसुचितगराउने आफ्नो जिम्मेवारी बहन गर्दै थिए । संगै आफ्नो व्यावसायको आर्थिक कारोवार पनि मिलाउनु थियो । जस्तो सुकै अवस्था आएता पनि बैंक तथा वित्तीयसंस्थाहरुले असार मसान्त (क्लोजीङ) माव्याज र किस्ता बुझाउन ताकेता गर्दै थिए । लामो समयको लक डाउनले होला , रेडियोमा कार्यरतकर्मचारीहरुले तलवको आश गरेको उनीहरुको मुहारमा झल्किन्थ्यो तर शब्द भने ननिकालिकन त्यससमयमा परेको समस्याले भन्ने बुझेर उनीहरु पनि आफ्नो काम गरिरहन्थे । सरकारले पहिलो पटक फन्ट लाईनमा रहेर काम गर्ने र संक्रमणको शंका लागेकाहरुको आरडिटी परिक्षण गर्ने व्यवस्था ल्यायो । पहिलो पटक तत्कालिन नवलपुरका नेपाल पत्रकार महासंघका अध्यक्षहोमराज रानाभाट सहित ११ जनाले मध्यविन्दु जिल्ला अस्पतालमा आरडिटी परीक्षण गरियो । परिणाम हामीले चाहे अनुसारकै रिपोर्ट नेगेटिभ आयो ।

श्रावण महिनाको १५ गते पुन सरकारले फन्टलाईनमा काम गरेका संचारकर्मीको लागि पि सि। आर।परिक्षण गर्ने भन्योसँगै जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा पहिलो पटक श्रावण १७गते नवलपुरका २५ जना क्रियाशिल पत्रकारहरुको पि.सि.आर. परिक्षण गरियो जसमा सबै पत्रकार साथीहरुको रिपोट नेगेटिभ नै आयो । म संस्थापक / निर्देशक रहेको रेडियो सामर्थ्यको ९ औ वार्षिकोत्सवश्रावण २६ गते परेको थियो ।कोरना कहरसंगै स्वास्थ्य सेवा केन्द्रहरुमा रगतको अभाव देखियो भनेपछि रेडियो सामर्थ्यको ९ औंबार्षिकोत्सवमा रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म भएर रक्तदान गर्ने निधो गरियो ररेडक्रस कार्यालयसंगको समन्वयमा श्रावण २६ गते रक्तदान कार्यक्रम आयोजना गरियो ।

यता पालै सङग पत्रकारहरुको पिसिआर परिक्षण चलि नै रहेको थियो । श्रावण २३ गते महासंघ अध्यक्षले दोस्रो लटमा पिसिआर परिक्षण् गर्ने लिष्टमा हजुरको पनि नाम राखिएको छ २६ गते पिसिआर परिक्षणको लागि जिल्ला अस्पताल जानुहोला भन्नुभयो ,मैले हस भने । तर म भने रेडियोको बार्षिकोत्सवमा कसरी धेरै व्लड संकलनगर्न सकिन्छ भनेर टेलिफोन र भेटघाट गरिरहेको थिए । श्रावण २५ गते रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म संगै रहेर दिनभर रक्तदाताहरुको लागिस्वास्थ्य सुरक्षा सामाग्री , खानपान र प्रमाणपत्रको तयारी गरिनै रह्यौ ।

दुई जना दिनभर संगै रहौं र पुर्व तयारीको सम्पूर्ण कार्य सम्पन्न गरियो । श्रावण २६ गते विहान ८ बजे रेडियो सामर्थ्यको प्राङ्गणमा रक्तदान कार्यक्रमको शुरुवात गरे संगै सायरा मिडिया (सत्यकलम डट कम डिजिटल पत्रिका) का प्रवन्धकर अध्यक्ष मेरा मित्र रमेश बस्ताकोटी र म संगैमेरो आफ्नै सवारीमा मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्न लागियो । हामीहरुले पिसिआर परिक्षण गर्ने दिनसम्म नवलपुर जिल्लामा अन्य देशबाट आएका व्यक्तिहरुमामात्र कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो । समुदायमा कसैलाई पनि देखिएको थिएन । सबै स्थानीय तहले विदेशबाट आएकालाई भिन्न क्वारेन्टाईन बनाएर राख्ने र तिनीहरुकोपिसिआर रिपोट पोजेटिभ आए देवचुली नगरपालिकाको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा पठाउनेगरेका थिए ।

श्रावण २६ गतेसम्म प्राय जसो सबै आइसोलेशनहरु खाली जस्तै भएका थिए । जिल्लाभरिका संक्रमित राख्ने रजहरको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा समेत ४ जना मात्र बाँकी थिए । श्रावण २६ गते मध्यविन्दु जिल्ला अस्पतालमा करीव २१ जना संचारकर्मीले पिसिआर परिक्षण गरियो ।स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला प्रसाशन र नेपाल सरकारले पिसिआर परिक्षण गरेका व्याक्तिहरु रिपोट नआउदा सम्म कसैसंग भेटधाट गर्नु हुदैन भने संगै म पनि रेडियोको वार्षिकोत्सवको रक्तदान कार्यक्रम सम्पन्न गर्न रेडियोका अन्य सहकमीहरुलाई जिम्मा लगाएर मघरमै बसिरहे ।त्यतिखेर पिसिआर परिक्षण गर्न पोखरा लैजानुपर्थ्यो । अहिले जस्तो मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण हुदैनथ्यो । पिसिआरको रिपोर्ट छिटो आउदा २ दिनमा नत्र ५-७ दिन पनि लाग्ने गर्थ्यो । नलागोस पनि कसरी गण्डकी प्रदेश भरिको पिसिआर प्रदेश सदरमुकाममा गर्नुपर्दथ्यो ।

श्रावण २८ गते हाम्रो पिसिआर रिपोर्ट साँझसम्म आउछ भन्ने खवर आएको थियो । मनमा कतै डर कतैखुलदुली भईरहेको थियो किनकी त्यतिखेरसम्म समुदायमा कसैलाई पनि कोरोना पोजेटिभदेखिएको थिए । करीव दिउँसो ३र४ बजेको समय हुदो होला पत्रकारले फेसबुक गुरुपमा खासखुस मेसेज गर्नथाले तर म एडभएको गुरुपमा भने केही खवर आउदैनथ्यो । मनमा चिसो पस्न थाल्यो, म अझै त्रसित बन्न पुगे । त्यतिकैमा जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत मेरी भतिजीको फोन आयो ….

अंकल कता हुनुहुन्छ रु बाहिर कतै त जानु भएको छैन नी ?

मैले कही गएको छैन , रिपोट नआउदासम्म घर बाहिर निस्कन हुदैन भनेर घरमै छु बरु रिपोर्ट कतिखेर आउछ ? भने ।

उनले आउदै छ अंकल, पिसिआर चेक गरेको मान्छे रिपोर्ट नआउदासम्म घरमै रहनुपर्छ भनिन् र ल अंकल घरै बस्नुहै भन्दै फोनबाट बिदा भईन ।

उता अन्य पत्रकार साथीहरुलाई भने रिपोर्टको जानकारी भईसकेको रहेछ , तर मलाई भने कसैले भन्ने आँट गरेनन । साथीहरुको मेसेन्जरमा गफ भई रहने तर मसंग नहुनु र विरलै आउने भतिजीको फोन आएपछि मैले दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठलाई मन चोर्न पर्योो भनेर फोन गरे र भने ः–

मेरो रिपोर्ट पोजेटिभ आएको रहेछ है ? भने ।

उसले त्यसै भन्छन सबैको नेगेटिभ तिम्रो पोजेटिभ भन्ने आयो मलाई अनुसन्धानमा काम गर्ने साथीले भनेको । तर फाईनल हैन रे भन्दै छन भने । फेरी उनले थपे आफु त कावासोती २ मा पो हो नी बस्ने त , त्यसो भए तिम्रो हैन भन्यो ।

मैले पिसिआर परिक्षणमा मेरो स्थायी ठेगाना कावासोती १७ नै लेखेको छु ।

उसले भने “त्यसो भए त तिम्रो रिपोट पोजेटिभ आएछ” ।

म छाँगाबाट खसे झै भए , दिउसोको ४ बजे मेरा आँखाले पुरै अध्यारो देख्यो चक्कर लागे जस्तो भयोतर मैले आफुलाई सम्हाले किनकी म संगै मेरो परिवार (श्रीमती रिन्कुदेवी पोख्रेल, छोरी गरीमा र छोरा गौरव) पनिसंगै थिए । मैले मेरो घर परिवारलार्इ विस्तारै सम्झाउन थाले र भने , दम, निमोनिया , ज्वरो , रुधा लागेकालाई मात्र हैन मेरो जस्तो तन्दुरुस्त शरीरमा पनि कोरोना पोजेटिभ देखिन्छ रे नी त ।विस्तारै केही कुरा उनीहरुलाई सम्झाउदै गए पछि मैले आफु कोरोना भाइरस ९ कोभिड–१९० को समुदाय स्तरको पहिलो संक्रमित भएको बताए । तर, मेरी छोरी यो कुरा मान्न तयारै भईन्न । झन मेरो घाँटीलाई अंगालोले बाधेर मजाक नगर्नुसोह न बाबा भन्न थालिन ।

मैले उनलाइ सम्झाउदै मेरो कपडा तयार पारिदिन भने किनकी कोरोना संक्रमित बस्ने जिल्लाको आइसोलेशन प्राकृतिक चिकित्सालय थियो ।मैले आफु संक्रमित भएको खवर रेडियोका अध्यक्ष दाजु भरत शर्मा पोख्रेललाई जानकारी गराए। उहाँले हिम्मत नहार्न आग्रह गर्दै सामाजिक संजालमा पोष्ट गर्न भन्नुभयो । अनि मलाई पनि उक्त कुरा राम्रो लाग्यो र आफु कोरोना संक्रमित भएको कुरा सामाजिक संजालमा पोष्ट गरे र नवलपुर जिल्लामा समुदाय स्तरको पहिलो कोरोना संक्रमित भए ।

लेखक – सामर्थ्य साप्ताहिकका प्रकाशक एवं रेडियो सामर्थ्यका प्रवन्धक / संस्थापक हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस