मङ्सिर ३ झापा । भद्रपुर धार्मिक प्रवचन तथा हाजी हज्जिनहरुको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल हज समितिको पूर्व अध्यक्ष तथा राष्ट्रीय मुस्लिम संघर्ष गठबंधनका उपाध्यक्ष ताज मोहम्मद मियां यही सोमवार मंसिर ९ गते झापाको भद्रपुर नगरपालिका आउदै हुनुहुन्छ ।
झापा जिल्लामा पहिलो पटक जिल्लाको समस्त हाजी हज्जिनहरुलाई नेपाल मुस्लिम फलाह संघले सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि काजी ए नेपाल मुहम्मद उष्मन बरकाती, प्रमुख अतिथि ताज मोहम्मद मिया आसन ग्रहण गर्नुहुन्छ। त्यसैगरी अल नेपाल मुस्लिम संगठन बाट मौलाना मिर्जा, काठमाडौ बाट शिक्षक आशिक अलि तथा झापा जिल्लाका बिभिन्न ठाँउहरु बाट मौलानाहरु, मुस्लिम युवाहरु, अधिकारकर्मीहरु, राजनीतिक दलका नेता, बुद्धजीवीहरु, नगरपालिका का नगर प्रमुख ,गाउँ पालिका का अध्यक्ष ज्युहरु लगायत मुस्लिम अगुवाहरु उक्त कार्यक्रममा उपस्थित हुने जानकारी फलाह फलाह संघका महासचिव शाहिदा बानो शाहले जानकारी गराउनु भयो।
धार्मिक प्रवचन तथा हाजी हज्जिनहरुको सम्मान कार्यक्रम सोमवार, ९ गते मंसिर बेलूकी ६ : ३० बजे देखी सुरु हुनेछ र इस्लामिक ज्ञान तथा महिला सशक्तिकरण तीन दिने कार्यक्रम मंसिर ७ गते देखी बिहान ९ : ३० मा हुनेछ । झापा जिल्लामा यो पहिलो पटक हुने कार्यक्रम हो जसमा मुस्लिम महिलाहरुका लागि सशक्तिकरण कार्यक्रम नेपाल मुस्लिम फलहा संघले लियाएको छ ।
Chat Conversation End
तपाईको प्रतिकृया