२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

अन्तराष्ट्रिय सडक बालबालिका दिवस सम्पन्न

२०८० बैशाख १, शुक्रबार प्रकाशित ( महिना अघि) ६३४ पाठक संख्या

काठमाडौं चैत्र ३० । अन्तराष्ट्रिय सडक बालबालिका दिवस विभिन्न कार्यक्रमहरू गरेर सम्पन्न भएको छ । सडकसँग आवद्ध रहेका बालबालिकाहरूको बाल अधिकारमा पैरवी गर्दै आइरहेको साथ साथ समाजिक संस्थाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्र रायलाई बुधवार ज्ञापन पत्र बुझाएको छ ।

सडक बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पहिचानको लागि उचित सम्बोधन नभएको हुनाले राज्यबाट समस्या उपर सम्बोधन होस भन्ने अभिप्रायले ज्ञापन पत्र बुझाएको साथसाथका कार्यकारी निर्देशक विश्व बज्राचार्यले बताउनु भएको छ ।

हरेक वर्ष अप्रिल १२ तारिखमा अन्तराष्ट्रिय स्तरमै सडक बालबालिका दिवस मनाउने गरिन्छ । यसै क्रममा साथसाथले सप्ताहव्यापी रुपमा कार्यक्रम मनाउने भएको छ । साथ साथले सांस्कृतिक कार्यक्रम, चित्रकला प्रतियोगिता, तेक्वान्डो शो लगायत संस्थासँग आबद्ध एसईई उत्तीर्ण र विभिन्न तालिम लिई आत्मनिर्भर भएका सडक बालबालिकालाई सम्मान गरेको छ ।

यसैक्रममा अप्रिल ११ तारिखका दिन बाल स्मृति स्तम्भमा विविध कारणले ज्यान गुमाएका सडक बालबालिकाको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । यस वर्षको नारा किपिंग स्टे्रट कनेक्टेड चिड्रेन सेफ रहेको छ ।

साथसाथ,जोखिम परिस्थितिमा रहेका बालबालिकाको क्षेत्रमा िवगत २५ वर्ष देखि कार्यरत त संस्था हो । यस संस्थाको मुख्य उद्देश्य जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई समाजमा पुनर्स्थापना गर्नु रहेको छ । जोखिम परिस्थितिमा रहेका बालबालिकाहरूलाई औपचारिक र अनौपचारिक शिक्षा, सीप मूलक र व्यवसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरूको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नुका साथै सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस