२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

बजारमा तिहारको रौनक, किनमेल गर्नेको भिड ( फोटोफिचर )

२०७९ कार्तिक ६, आईतबार प्रकाशित ( साल अघि) ९०५ पाठक संख्या

कोल्हुवा । नेपालीहरुको मुख्य चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ ।

नवलपुरमा विशेषगरी , कावासोती , डण्डा  , चोरमारा , ईटौरा गायतका बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल ह्वात्तै बढेको छ ।312500511_524805628984639_6652016895509585248_n

नेपालीहरुको चाड शुभदिपावली तथा तिहार नजिकिएसंगै नवलपुर लगायत देशभर तिहारका सामाग्री किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको छ । प्राय सधैं भिडभाड भइरहने ईटौरा बजार तिहार नजिकिएसंगै झनै भिडभाड देखिन्छ ।

बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले तिहारको रौनक दर्शाएको छ । तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भा“डा तथा दियो, मखमली र सयपत्री फूल, प्लास्टीका मालाहरु, भाइमसला, सप्तरी टिका लगायतका तिहार सामाग्रीहरु यतिवेला बजारमा राखिएको छ ।

312554190_2128729970648515_567916817571780644_n

तिहार आउन लगभग १० दिन अगाडीदेखी व्यापार सुरु हुने गरेको र भाइटिकाको अघिल्लो दिनसम्म व्यापार गरिने व्यापारी बताउछन ।

चार्डपर्व नजिकिएसंगै महंगीपनि बढ्दै गएको छ । यसको व्यवस्थापनमा सम्बन्धीत निकाएको ध्यान पुग्न नसक्दा सास्ताी खेप्नु परेको ग्राहक बताउ“छन् ।

312624468_624152749437067_6965043096890304848_n

सर्वसाधारणले बजारमा तिहारमा प्रयोग हुने विभिन्न किसिमको बत्ती, दियो, कपास, टिका लगायतका सरसामानहरु किन्ने गरेका छन् । हरेक समयका लागि सदावहार बजार मानिने नवलपुरको कावासोती, डण्डा  , चोरमारालगायतका स्थानको महत्व चाडपर्वमा अझ बढी हुने गर्दछ ।

भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै भिडभाड हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस