२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

मनोरञ्जन क्षेत्रमा महिनावारी सम्बन्धी सामाग्री प्रदान  

२०७८ चैत्र १२, शनिबार प्रकाशित ( साल अघि) २३९७ पाठक संख्या
काठमाण्डु ।  सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्रलाई महिनावारी सम्बन्धी सुरक्षित सामाग्री प्रदान गरेको छ ।
बुधवार टोखा नगरपालिका वार्ड ९ र महिलाको निम्ति महिला नेपालको संयुक्त आयोजनामा टोखा वार्ड ९ भित्रका मनोरञ्जन क्षेत्रका सञ्चालकरूलाई सुरक्षित महिनावारी सम्बन्धी प्याड तथा प्राथमिक आवश्यक औषधी, माक्स, सेनिटाईजर  सेनेटरि बक्स वितरण गरिएको थियो ।
मञ्चले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको प्रजनन स्वास्थ्य अधिकारलाई लक्षित गर्दै रातीको समयमा काम गर्ने श्रमिकहरू महिनावारी भएकाे अवस्थामा तत्कालै बाहिर जान नसक्ने वा गए पनि विभिन्न खालका ह्रिसा शोषणमा पर्ने सम्भावना हुने भएकोले कार्यस्थलमा नै निःशुल्क प्याड उपलब्ध गर्न अभियानको थालनी गरिएको महिलाको निम्ति महिला मञ्चकी कार्यकारी निर्देशक सृजना पुनले बताउनु भयो ।
 मञ्चका अनुसार कार्यस्थलमा स्यानिटरी प्याडको व्यवस्था नहुँदा श्रमिकहरूले महिनावारीको बखत कपडाको पुराना टुक्राहरू, न्याप्किंग, टिस्यु पेपर प्रयोग गर्ने देखिएको र यसले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने सम्भावना भएकोले सुरक्षित महिनावारीको अभियान अवश्य रहेको भन्दै सुरु गरिएको जानकारी दिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर बुटवलबाट सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी अभियानको सुरुवात गरिएको र हाल बुटवल, चितवन र काठमाण्डौमा समेत यो अभियानलाई निरन्तरता दिइरहेको जानकारी दिएको छ ।
कार्यक्रममा   मना्ेरञ्जन क्षेत्रमा प्याडको व्यवस्था नहुदाँ भोग्नुपरेको समस्या माथि सांस्कृतिक समुहका अध्यक्ष दोहोरी गायिका देबी बस्नेतले आफ्नो अनुभवहरू बताउनु भएको थियो । सञ्चालकको तर्फबाट दोहोरी व्यवसायिक संघका उपाध्यक्ष शंकर वि सि ले, यो अभियान धेरै राम्रो रहेको यसलाई निरन्तरता दिने  प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैगरी टोखा वार्ड ९ का अध्यक्ष जोग प्रसाद नेपालले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित बनाउनु सबैको सामूहिक पहल हुनुपर्ने बताउँदै कार्यरत श्रमिकहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था हुनुपर्नेमा जोड दिनु भएको थियो । साथै नेपालले अभियानलाई आगामी दिनमा सञ्चालकहरूले नै नियमित रुपमा अगाडि लानुपर्ने र समय समयमा अनुगमन गर्न कार्यक्षेत्रमा जाने पनि प्रतिवद्धता गर्नुभएको थियो ।
महिलाको स्वास्थ्य तथा प्रजनन अधिकार भित्र महिनावारी प्रमुख रुपमा पर्छ । यस अवस्थामा महिला उपर कुनै पनि प्रकारको हिंसा, दुव्र्यवहार, छुवाछुतजन्य व्यवहार गर्न पाइने छैन  । महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव छुवाछ्ुत वा अमानवीय व्यवहार गरेमा उजुरी गर्न सकिने र यस्ता खालका व्यवहार गर्नेलाई नेपालको कानुन बमोजिम ३ महिना कैद वा ३ हजार जरिवाना हुने साथै साधारण व्यक्ति बाहेक राष्ट्रसेवकले यस प्रकारका कसुर गरेमा उक्त व्यक्तिलाई थप ३ महिना सम्म कैद हुने सजायको समेत व्यवस्था गरेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस