२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

समाचार प्रभाव : ट्राफिक प्रहरीले हटायो बसबाट स्टिकर

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) १५२९९ पाठक संख्या
ज्ञानु पंगेनी

कावासोती । यात्रु झुक्याउन बसमा लेखेर राखेका स्टिकर ट्राफिक प्रहरीले हटाएको छ ।
नवलपुर प्रेसले केही दिन अघि यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस शीर्षकमा समाचार लेखेको थियो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले उक्त कुरालाई मनन गरेर एक्सन लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रदिप थापाले मिडियाबाट उक्त कुरा आएपछि आफूले बसबाट स्टिकर हटाउन लगाएको बताउनुभयो ।

 

कावासोती देखि नारायणगढसम्म चल्ने ६ वटा बसबाट स्टिकर हटाएको उहाँले जानकारी दिनुभयो । ‘हामिले छ वटा बसबाट स्टिकर हटायौँ अझै खोज्दैछौँ । अन्य बसमा पाइए तुरुन्तै हटाउँछौँ । ’ ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो ।

 

स्थानीय रुटमा चल्ने बसले यात्रुलाई भ्रम पार्न आफू नपुग्ने ठाउँको नामलाई हाइलाइट गरेर लेख्ने गरेको यात्रुको गुनासो छ । डण्डादेखि नारायणगढसम्म चल्ने बसहरुले बुटवल देखि वीरगञ्ज , भैरहवादेखि वीरगञ्ज , भैरहवादेखि हेटौँडा सम्म भनेर लेख्ने गरेका छन् ।

 

बसमा लेखेको देखेर चढ्ने यात्रुहरूले यसका कारण सास्ती पाएको गुनासो गरेका छन् । लामो दूरीको यात्रा गर्नेहरू मर्कामा पर्दै आएका छन् । कतिपय बसले स्टिकरमा लेखेको ठाउँको रुटपरमिट लिएर राजस्व पनि तिरेका छन् । तर बस भने , स्थानीय रुटमा मात्रै चल्छन् । बसमा यात्रु पाइदैन् भन्ने मनसायले उनीहरूले यस्तो गरेका हुन् । आफ्नो फाइदाको लागि सर्वसाधारणलाई दुःख दिने काम गर्न नहुने सरोकारवाला बताउँछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस